Mon. Mar 10th, 2025

रसुवामा जनताको मन जित्दै मेरो माइक्रो फाइनान्स !

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, सरमथलीमा बित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

मेरो माईक्रो फाइनान्स लघुविक्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय कालिकास्थानले कार्यक्रम संचालन गरेको हो । अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा सम्पती तथा बचतमा हुने जोखीम तथा न्यूनिकरण, केन्द्र गुणस्तर, बचत तथा कर्जाको महत्वलगायतका विषयमा जानकारी गराइएको छ ।

कार्यक्रममा कर्जा र बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु, डिजिटल बैंकिङ भुक्तानी, संस्थाको नीतिनियम र सेवासुबिधा, एसएमएस सेवा र यसको प्रयोगबारे पनि जानकारी गराइएको शाखा प्रमुख अर्जुन ढुंगानाले जानकारी दिए ।

मेरो माईक्रो फाइनान्स लघुवित्त कालिकास्थान शाखाले रसुवाको कालिका, नौकुण्ड, उत्तरगया, गोसाइँकुण्ड गाउँपालिका र नुवाकोटको किस्पाङ गाउँपालिकालाई कार्यक्षेत्र बनाएर करिब आठ सय घरपरिवारलाई बित्तीय सेवा दिदै आएको ढुंगानाले जानकारी बताए ।

‘मेरो माईक्रो फाइनान्स लघुवित्तले दुरदराजसम्मका आम नागरिकलाई सहज र छरितो ढंगबाट सेवा प्रदान गर्दै आएको छ’, शाखा प्रमुख ढंगाना भन्छन्–‘पछिल्लो समय रसुवामा जनताको मन जित्न सफल त भएको छ नै वित्तीय चपेटामा परेका आम मानिसको सहयोगी बनेको छ ।’

About The Author

अन्य समाचारहरु: