Mon. Mar 10th, 2025

महिलामाथि प्रत्येक क्षण प्रश्न उठ्छः मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति पर्याप्त नरहेको बताएकी छन् । ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि निर्णायक तहमा अझै कमजोर रहेको बताएकी हुन् ।

निर्णायक तहमा महिलाको उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने कुरा आजको बहसको विषय भएको उनको भनाइ थियो । पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै उनले महिलाले आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन् ।

‘पुरुष पनि हाम्रो लागि महत्त्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ । तर पर्याप्त छैन् । निर्णायक तहमा महिलाको उपस्थिति कम छ,’ उनले भनिन्, ‘महिलाको उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो ? पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको क्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’

About The Author

अन्य समाचारहरु: