Sun. Mar 9th, 2025

पूर्वराजा शाहको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ ।

सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ । राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्।

स्वागत कार्यक्रममा केही प्रमुख नेताहरू भने एयरोर्टमा जाने तर धेरै जनता हुने भएकोले एयरपोर्ट बाहिरको मुख्य गेट बाहिर लामबद्ध रहने ज्ञानेन्द्र शाहीले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: