Thu. Mar 6th, 2025

हिमालय एअरलाइन्सले पोखरा-ल्हासा हप्तामा एक उडान भर्ने

काठमाडौं । हिमालय एअरलाइन्सले पोखरा र ल्हासा साप्ताहिक उडान सुरु गर्ने भएको छ । हिमालय एयरलाइन्सले विज्ञप्ति जारी गर्दै आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु गरिने जानकारी दिएको हो ।

‘काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ः ३० बजे हुने र सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने छ ।

त्यस्तै ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समय अनुसार चैत १८ गते १३ः१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समय अनुसार १२ः४५ मा पोखरा अवतरण गर्ने छ ।

पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत १९ मा स्थानीय समय अनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासा पुग्ने छ ।

त्यसैगरी ल्हासा–काठमाडौँ उडानले ल्हासा गोङ्गर विमानस्थलबाट चैत १९ गते स्थानीय समय अनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार १२ः०५ मा काठमाडौँ अवतरण गर्ने छ ।

About The Author

अन्य समाचारहरु: