Sat. Mar 1st, 2025

चलचित्र विकास बोर्ड र प्रहरीले लागूऔषध नियन्त्रणमा हातेमालो गर्ने

बोर्ड अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङबीच शनिबार आयोजित समारोहमा सम्झौता भएको हो ।

काठमाडौँ । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथाममा सहकार्य गर्ने भएका छन् । सोमबार यी दुई सरकारी निकायबीच द्विपक्षीय सम्झौता भएको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा भृकुटीमण्डपस्थित पुलिस क्लबको हलमा शनिबार आयोजित समारोहमा सम्झौता भएको हो ।

समारोहमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि उपस्थित थिए । सम्झौताअनुसार दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र युवालार्ई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य लिएका छन् ।

फिल्मको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे चेतना फैलाउने योजना राखिएको छ । लागूऔषध प्रयोग तथा दुव्र्यसनलाई बढावा दिने खालका फिल्म, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गर्ने सहमतिमा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: