Sat. Feb 22nd, 2025

कुनै पार्टीसँग एकताको सम्भावना छैन, भ्रममा नपरौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

आजदेखि सुरु भएको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका हुन् ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए । त्यसकोे जवाफ दिँदै अध्यक्ष नेपालले आफ्नो पार्टीसँग जोडेर अनेक कुप्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

About The Author

अन्य समाचारहरु: