Sat. Feb 22nd, 2025

शान्दार मःमःमा ग्यास विस्फोट घटना: मृतकको संख्या ४ पुग्यो

काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति पौने १२ बजे मृत्यु भएको हो । योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको काठमाडौं जिल्ला परिसरले जनाएको छ ।

यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । त्यसअघि घाइतेमध्ये मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर ९नवीन० को गत सोमबार निधन भएको थियो ।

उक्त ग्यास विस्फोटमा परी १४ जना घाइते भएका थिए । त्यसमा गम्भीर घाइते भएका ११ जनालाई कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जसमा ४ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: