
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ खोल्सीमा तरकारी बोकेको गाडी दुर्घटनामा परेको छ । धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा २१ च ३५२६ नम्बरको तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई सडकबाट तल खसेको हो ।
धादिङ निलकण्ठ नीलकण्ठ नगरपालिका–८ बस्दै आएका मेक मदिन मियाँ घाईते भएका छन् । उनलार्ई उपचारको लागि सल्यानटारतर्फ पठाईएको छ । खोल्सी चोकस्थित भित्री सडक खण्डबाट खसेको गाडी रुखमा अडिएको छ ।
घाईतेको बायाँ कानमा चोट लागेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।