Sat. Feb 22nd, 2025

ट्रम्पसँगको भेटमा आप्रवासीबारे के भने मोदीले ?

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।

ह्वाइट हाउसमा ट्रम्प र मोदीबीच भेटवार्ता र छलफलपछि संयुक्त पत्रकार सम्मेलन गरिएको थियो।

पत्रकार सम्मेलनमा ट्रम्पले मोदीको प्रशंसा गरेका थिए। उनले मोदीलाई आफूभन्दा कडा वार्ताकार र मध्यस्तकर्ता भनेका थिए।

मोदीले अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय आप्रवासीहरूलाई फिर्ता लिन आफू तयार रहेको बताएका थिए।

उनले अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई मानव तस्करहरूले फकाइफुल्याइ गरी मोटो रकम लिएर त्यहाँ पुर्‍याएको बताएका थिए। ‘उनीहरूलाई ठूला ठूला सपना देखाएर पुर्‍याइएको हुन्छ। त्यसरी अमेरिका पुग्नेहरू आम नागरिक हुन्छन्,’ ट्रम्पसँग मोदीले भनेका थिए।

अमेरिकाले एक सय जना भन्दा बढी भारतीय आप्रवासीहरूलाई यसअघि नै सेनाको जहाजमा फिर्ता गरेको थियो। फिर्ता भएकाहरुमाथि अमानवीय व्यवहार भएको भनेर त्यतिबेला भारतमा ट्रम्पविरोधी आक्रोश पैदा भएको थियो।

About The Author

अन्य समाचारहरु: