![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/balen-1024x582.jpg)
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको दुई नम्बरमा आइपुगेको हो ।
‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर छ । गीतले विकसित नेपालको परिकल्पना गरेको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।
‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङ भनेको छ ।