Tue. Feb 11th, 2025

शनिबारसम्म सबै बन्धक रिहाइ गर्न हमासलाई ट्रम्पको चेतावनी

एजेन्सी । हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् ।

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेपछि ट्रम्पले हमासलाई शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा गर्न अल्टिमेटमसहितको चेतावनी दिएका हुन् ।

बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, ‘यदि शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा गरिएन भने म भन्छु यो (युद्धविराम सम्झौता) रद्द गर्नुपर्छ । अब सबै मार्ग बन्द भइसकेको छ । जे हुने हो होस् । मलाई लाग्छ यो पर्याप्त समय हो ।’

ट्रम्पले सबै बन्धकहरूलाई पटक–पटक गरेर होइन एक साथ छाडिने अपेक्षामा रहेको पनि उल्लेख गरेका छन् । यस्तो भएन भने त्यसको परिणाम के हुन्छ भन्ने प्रश्नमा ट्रम्पले भनेका छन्– तपाईंले थाहा पाउनुहुनेछ र उनीहरूले पनि । हमासले थाहा पाउनेछ कि मेरो भनाइको अर्थ के हो ? यो मेरो निर्णय हो ।

About The Author

अन्य समाचारहरु: