![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/share_stock_market_nepse_down_BbsZ8rTJdm-1024x538.jpeg)
काठमाण्डौ – हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ विन्दुमा झरेको छ । अन्य र व्यापारबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।
बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् ।