२९ भदौ, धादिङ – राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रम गरी देशैभर मनाइदै छ ।
दिवसको यो वर्षको नारा ‘पुननिर्माण र संबिधान- बालअधिकार संरक्षण हाम्रो अभियान भन्ने तय गरिएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको थियो ।
सोही दिनको अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा विद्यालयले धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना हुदै छ ।