Wed. Mar 12th, 2025

२७ वर्षपछि दिल्लीमा भाजपालाई सरकारमा फर्कायो

, काठमाडौं– भारतको निर्वाचन आयोगका अनुसार ७० सिटका लागि भएको दिल्लीको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले ४८ सिट जित्दा आम जनता पार्टी (आप) ले २२ सिट जितेको छ ।

निर्वाचनमा आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल स्वयं चुनावमा पराजित भएका छन् । उनी तीनपटकसम्म लगातार दिल्लीको मुख्यमन्त्री भइसकेका छन् ।

सँगै पार्टीका शीर्ष नेता एवं उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि चुनाव हारेका छन् ।

यो चुनावी नतिजासँगै १२ वर्षपछि आप सरकारबाट बाहिरिएको छ भने २७ वर्षपछि भाजपा दिल्ली सरकारमा फर्कने भएको छ ।कतिपयले दिल्लीमा आप र कांग्रेसबीचको लडाइँको फाइदा भाजपाले उठाएको विश्लेषण गरिरहेका छन् । द वायरमा अंकित राजले आपको पराजयको पछि संस्थापन विरोधी भावना, नागरिक सामु गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु, कांग्रेससँगको मतभेद र इन्डिया गठबन्धको विफलतालाई प्रमुख कारण भनेका छन् ।

About The Author

अन्य समाचारहरु: