
धादिङ । काठमाडौबाट धादिङबेसी तर्फ आउदै गरेको यात्रु बस पृथ्वीराजमार्गको खेस्टेमा दुर्घटनामा परेको छ ।
धादिङ थाक्रे गाउँपालिका-१ खेस्टेमा बा ४ ख ५५१५ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
१५ जना सवार बस दुर्घटनामा जिल्ला धादिङ गल्छी गाउँपालिका-२ कि ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका-१ कि ६० वर्षीय खड्क कुमारी सुबेदी, गल्छी गाउँपालिका-७ कि २७ वर्षीय सपना खड्का घाइते भएकी छन् । घाइतेहरुको गल्छी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।