
काठमाडौँ । व्यवसायी वर्षा कुवरले ‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दे कुवरलेले ताज पहिरिएकी हुन् ।
वानेश्वरमा विभिन्न व्यवसायहरु गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधी समेत प्राप्त गरिन । उनीले रेफ्रिजेनेटर, लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर र डम डाइनामीक वाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरु प्राप्त गरिन् ।
यस्तै करुणा वि.क फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन । उनले ३२ इन्चको टिभि, लेटमिइनको तर्फवाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।
यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा भइन् । उनले फोटोजेनीकको पनि उपाधी जित्न सफल भइन । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मीला कनौजिया मगीया भइन । अर्गनाइजर च्वाइसको उपाधी भने अन्जु क्षेत्रीले जित्न सफल भइन् ।
प्रतियोगिताका अन्य विधामा अनिता देवि साहले फेन्ड्ली उपाधी जित्नुभयो । त्यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले व्यूटीफूल अवार्ड पाएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले बिबाहितमहिलाहरुको सौन्दर्य साथै आन्तरिक क्षमता,आत्मविश्वास साथै महिलाहरुको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् । यस्तो कार्यक्रमहरुसँग महिलाहरुलाई घरको चुला चौकोवाट हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताइन् ।