
धादिङ । माग १० गतेदेखि धादिङबेसी खुल्ला मञ्चमा जारी धादिङ लोक सास्कृतिक महोत्सवको आज समापन गरिदैछ ।
रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको समय दुई दिन थप गरी आज समापन गर्न लागिएको हो ।
कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको महोत्सवको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले औपचारिक समापन गर्ने कार्यक्रम छ ।
कृषि प्रदर्शनीको प्रमाणपत्र आजै प्रदान गरिने भएपनि प्रत्यक्ष वा परोक्ष सहयोगीहरुलाई केही दिन पछि विशेष कार्यक्रम गरी औपचारिक धन्यवाद दिने कार्यक्रम आयोजना गरिने र सम्मानपत्र प्रदान गरिने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए ।
समापनको दिन आज, बहुचर्चित आधुनिक गायक शिव परियार, लोक दोहोरी गायिका रिता थापा मगरसहित किरन रेउले, प्रकाश गौत्तम, मिलन बिक, जुना श्रीस मगर आउदैछन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा बिकास केन्द्रले महोत्सवको आयोजना गरेको हो ।