Mon. Mar 10th, 2025

धादिङको विकासमा उत्साहित छु : थापा

ldo&dsp
धादिङ – धादिङ उद्योग वाणिज्य संघ धादिङले विभिन्न जिल्लाबाट सरुवा भई धादिङ आएका दुई वटा सरकारी कार्यालयका प्रमुखलाई स्वागत गरेको छ ।

केही समय अघि धादिङ आउनुभएका स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा र प्रहरी नायव उपरीक्षक सविन प्रधानलाई धादिङ उद्योगा वािणज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

धादिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न चियापान कार्यक्रममा स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले धादिङ जिल्लाको विकासका लागि आफू उत्साही रहेको बताए । पछिल्लो समय जिल्लाको विकासका लागि निकै धेरै अध्ययन भैरहेकोले जिल्लाबासीको सहयोग पाए चाँडै विकास हुने उल्लेख गरे । बैशाख १२ गतेको विनासकारी भूकम्प पछि पनि जिल्लामा हुन सक्ने विभिन्न प्रकारको विकास बारे छलफल भैरहेको स्थानीय विकास अधिकारी थापाले बताए ।

केही नयाँ परियोजनाहरु आएको र त्यसलाई सडकको विकासबाटै थप विकास सम्भव छ भन्ने निष्कर्षका साथ उत्तरी धादिङको दार्खादेखि सोमदाङसम्मको सडक निर्माण गर्न आफूले प्रस्ताव गरिरहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानले धादिङ जिल्लाको शान्ति सुरक्षाको स्थिति मजवुत बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरे । धादिङ जिल्ला राजधानीसंग जोडिएको जिल्ला भएका कारण यहाँको गतिविधिले काठमाण्डौलाई प्रभाव पार्ने प्रधानको भनाई छ । केही समयदेखि सुरक्षा वाचको योजना भैरहेको पनि कार्यक्रममा बताए ।

जिल्ला सदरमुकाम मात्रै नभएर सिंगो धादिङको शान्ति सुरक्षा मजवुत बनाउने उनले दावी गरे । कोही कसैले कानुन मिचेर काम गरे कडा कार्बाही गर्ने पनि बताए । धादिङ जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने विषयमा समेत विभिन्न निकायमा छलफल भैरहेको बताए ।

About The Author

अन्य समाचारहरु: