Thu. Jan 30th, 2025

अखिल क्रान्तिकारीमा जनार्दन शर्मा गुटको बहुमत

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष बाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मा निकटका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष र महासचिव सहित २२ जना पदाधिकारी शर्मा निकटको प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् । यद्यपि बहुमत पदाधिकारी निर्वाचित भए पनि शर्मा निकटका अध्यक्षका उम्मेदवार हेमन्त राई भने ७२ मतान्तरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक समर्थन रहेका विजयप्रकाश सापकोटासँग पराजित भएका छन् ।

अध्यक्षमा निर्वाचित सापकोटा उमेर हद लगाउने कि नलगाउने भन्नेमा भएको निर्वाचनमा उमेर हद लगाउन नहुने पक्षमा खुलेरै लागेका थिए । त्यसैले यस अघि पञ्चा सिंह नेतृत्वका १८ जना उपाध्यक्षमध्ये अधिकांशको खुलेरै साथ समर्थन रहेको थियो भने कतिपय उपाध्यक्षले खुलेर साथ समर्थन नजनाए पनि आन्तरिक रूपमा सापकोटालाई जिताउन सघाएका थिए ।

९ जना उपाध्यक्षमा ४ जना, महासचिव र ७ जना उपमहासचिव, १२ सचिवमा ९ सचिव र कोषाध्यक्ष शर्मा निकटका निर्वाचित भएका छन् । उपाध्यक्ष अधिकारी, उपमहासचिव पोखरेल र सचिव उपरकोटीले सर्वाधिक मत पाएका छन् ।

About The Author

अन्य समाचारहरु: