धादिङ । धादिङ लोक सास्कृतिक महोत्सवको सातौं दिन आज पशुपति शर्मा आउदैछन् । राष्ट्रिय ख्यातीप्राप्त कलाकार शर्माको गीतमा झुम्न पाइनेछ ।
धादिङ जिल्ला अन्तरपालिका लोक दोहोरी प्रतियोगिताका प्रतियोगी कलाकारहरुको प्रतिभा पनि हेर्न र सुन्न पाइनेछ । माघ १० गतेदेखि धादिङबेसीमा जारी महोत्सवमा आज धादिङ सांङ्कोष घर भएकी बहुचर्चित बाल गायिका कमला घिमिरे र धादिङमै जन्मिएका दोहोरी गायक सागर बिसीको प्रस्तुति हेर्न र सुन्न पाइनेछ ।
साथ सम्झना भण्डारी, राजेश गुरुङ र रङ्जित गजमेरको प्रस्तुति पनि बेजोडको रहने मेला आयोजक मुल समितिका संयोजक दीपक कोइरालाले जानकारी दिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजनामा माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ ।