धादिङ-धादिङको १३ वटै स्थानिय तहमा माघ २२ गतेदेखि धादिङमा पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्ने उद्देश्यले १० देखि १४ वर्षका किशोरीहरुलाई माघ २२ गतेदेखि खोप लगाउन लागिएको हो ।
महिला दिदिबहिनीमा पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढी रहेको छ । अकालमा मृत्यु हुनबाट जोगाउन सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशै भर पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस ९एच।पि।भि।० खोप दिन लागेको हो ।
एच।पि।भि खोप महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने खोप हो । डव्लु।एचओ।आई।पि।डि का डाक्टर सस्मिता बास्तोलाका अनुसार प्रजनन् उमेर सुरु हुनु अगावै एच।पि।भि खोप दिएमा किशोरीहरुको पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने र खोप लगाएपछि यो रोगबाट उन्मुक्ति मिल्ने छ ।
रजस्वला भएको बेला सामान्य रुघाखोकी ज्वरो आएको बेला लगाउन मिल्छ । यो खोपले टाउको दुख्ने, सामान्य ज्वरो आउने, जिउ दुख्ने, रिंगटा लाग्ने, माशंपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्छ तर यसबाट आत्तिनु हुदैन । खोप अभियानमा सबै सहभागी भएर सफल पार्नु पर्ने उनले बताए ।
धादिङमा १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले बताए । उनका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउँदैछ । जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ७९ छात्रा र विद्यालय नजाने ८ सय ९४ गरी १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने पोखरेलले बताए ।
खोप अभियान दुई चरणमा गरिने छ । माघ २२ गतेदेखी २६ गतेसम्म नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ । जिल्लामा १४ हजार ११३ एच।पि।भि। भायल, १५ हजार ५२४ ए.डि सिरिञ्ज ९०.५ मि.लि० प्राप्त हुने खोप सुपरभाइजर पोखरेलले जानकारी दिए ।
अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् । सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउन देशभर करिब १७ लाख किशोरीलाई निशुल्क खोप दिन लागेको हो । खोप सातवटै प्रदेशमा पठाइएको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।