
इजरायल र हमासबिच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइ गर्ने सम्झौता भएको छ । योसँगै गाजामा १५ महिनादेखि इजरायल र हमासबिच जारी युद्ध आइतबारदेखि रोकिने भएको छ ।
यस्तोमा इजरायलको तेल अभिभमा सडकमा मानिसहरू उत्रिँदै बन्धकहरूलाई तुरुन्तै रिहा गर्न माग गरेका थिए ।
हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो । जसमा अहिलेसम्म १२ सय जना मारिएका छन् भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको बताइन्छ ।