Tue. Feb 25th, 2025

सरकारमा कुनै समस्या छैन, आगामी निर्वाचसम्म यहि गठबन्धन कायम रहन्छ : निधि

धादिङको गजुरीमा नेपाली कांग्रेसका नेता कार्यकर्तासंग नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि । तस्बिर: शंकर श्रेष्ठ

धादिङ । सरकार परिवर्तनको हल्ला चलिरहदा नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति नेपाली कांग्रेस असन्तुष्ट नरहेको भन्दै निधिले आगामी निर्वाचसम्म यहि गठबन्धन कायम रहने बताए ।

सरकार निर्माण अघि नै आलोपालो सरकार चलाउने सहमति अनुरुप साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने स्पष्ट पारे ।

धादिङको गजुरीमा पत्रकारहरुसंग कुरा गर्दै नेता निधिले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनमा आफुसहित शसांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पुर्ण बहादुर खड्कालगायतका नेताहरुसंग छलफल गरि एकमात्र उम्मेद्वार बनाइने बताए । ‘पार्टीको विधानतस् शेरबहादुर देउवा सभापतिको उम्मेदवार बन्न मिल्दैन । त्यसैले बिचार मिल्ने हामीहरु मध्येबाट सल्लाह गरेर एकजना मात्र उम्मेद्वार बन्नेछ’, निधिले भने ।

About The Author

अन्य समाचारहरु: