Mon. Jan 13th, 2025

एसएसपी बढुवाको तयारी, ३८ जना प्रतिस्पर्धी

काठमाडौं । नेपाल प्रहरीमा रिक्त २५ एसएसपी दरबन्दीका निम्ति ३८ एसपीबीच तीव्र प्रतिस्पर्धा छ ।

गृह मन्त्रालयले पुस १८ मा पाँच एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेपछि एसएसपीको रिक्त दरबन्दी संख्या २५ पुगेको हो ।

सम्भवतः आजै राति वा आइतबार एसएसपी बढुवा सिफारिस सार्वजनिक गर्ने तयारी रहेको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा २०५८ साउन १८ को भर्ना मिति भएका अधिकृतबीच बढुवाका निम्ति प्रतिस्पर्धा चलिरहेको हो । सो व्याचबाट २०७५ फागुन ७ र २०७७ वैशाख ११ मा डीएसपीबाट एसपी बढुवा हुनेहरु अहिले एसएसपी बढुवाका दावेदार हुन् ।

त्यसमध्ये ०७५ मा एसपी बढुवा हुने १७ र ०७७ मा बढुवा भएका २१ जना छन् । पहिलो लटमा बढुवा भएका एसपीमध्ये कमल थापा विवादमा मुछिएका कारण बढुवा सिफारिसमा पर्ने सम्भावना कम छ ।

२०७५ फागुन ७ मा एसपी बढुवा हुनेमा गोबिन्द अधिकारी, बिनोद सिलवाल, रमेश थापा, प्रकाश रानाभाट, बिमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोईराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र बीर बहादुर बुढामगर थिए ।

२०७७ वैशाख ११ मा एसपी बढुवा हुनेमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजिबबहादुर बस्नेत, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोईराला, सन्जयसिंह थापा, महेन्द्र खड्का, दिपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधि ज्ञवाली, राजेन्द्रप्रसाद धमला थिए ।

तेस्रो र चौथो लटमा एसपी बढुवा हुने अधिकृतले आफूहरुमाथि डीएसपी बढुवाकै समयबाट अन्याय भएको भन्दै गृहमन्त्री र सचिवसँग अलग्गै भेट गरेका थिए । उक्त समूहमा चक्रराज जोशी, भुवनेश्वर तिवारी, सुरेश काफ्ले, योगेन्द्रसिंह थापा, पदम विष्ट, राजेन्द्रप्रसाद धमला, ऋषिराज कँडेलसहितका छन् ।

स्रोतका अनुसार दोस्रो लटमा एसपी हुनेमध्ये प्रभुप्रसाद ढकाल र दिपक पोखरेललाई बढुवाका निम्ति उच्च राजनीतिक नेतृत्वको तीव्र दबाब छ ।

About The Author

अन्य समाचारहरु: