Mon. Jan 13th, 2025

रवि छुटेलगत्तै ओली सरकार अब नचल्ने प्रचण्ड दाबी

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब नचल्ने दाबी गरेका छन् । उनले अहिलेको कांग्रेस–एमालेको सहकार्यलाई अप्राकृतिक र अलोकतान्त्रिक भएको भन्दै अब यो नचल्ने दाबी गरेका हुन् ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीलगायत विभिन्न मुद्दाको थुनछेक बहसको क्रममा हिजोमात्रै कास्की जिल्ला अदालतको आदेशबाट ६५ लाख धरौटीमा रिहा भएपछि राजनीति तातिएको छ । हिजो र आज प्रचण्ड निरन्तर उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् । हिजो माधव नेपालसँगमात्रै भेट गरेका दाहालले आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग भेट गरेका छन् ।

ती भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिने क्रममा दाहालले हौसिएर अहिलेको सरकार अब नचल्ने दाबी गरेका हुन् । उनले भनेका छन्–‘‘हामी समाजवादी मोर्चाको बैठक माघ २ गते बस्दैछ । त्यही मोर्चालाई सक्रिय पार्ने विषयमा हिजोपनि र आजपनि छलफल भएको हो । यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रुपले पार्लियामेन्टमा र बाहिरपनि भनेको सुन्नै भएको छ । अप्राकृतिक भएकोले अब यो चल्दैन् ।’

About The Author

अन्य समाचारहरु: