Fri. Jan 10th, 2025

रवि लामिछाने: धरौटी रकम बुझाएर अदालतबाट निस्किए

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् ।

न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।

प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ । रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् । सोही अनुसार उनलाई रिहा गर्न लागिएको एक प्रहरी अधिकारीले अनलाइनखबरलाई बताए ।

सभापति लामिछानेसहित सोही प्रकरणका छविलाल जोशी र रामबहादुर खनाललाई पनि मेडिकल जाँचका लागि लगिएको छ ।

About The Author

अन्य समाचारहरु: