Wed. Jan 8th, 2025

प्रचण्डलाई कांग्रेस एमालको चुनौति -‘बोल्दा ध्यान दिनू’

काठमाडौं– सत्ता र प्रतिपक्षी दलबीच सार्वजनिक कार्यक्रममेै घोचपेच चल्ने गरेको छ । नेताहरुले आफूलाई सहि साबित गर्न अर्को पक्षलाई खुइल्याउने काम गरिरहेका छन भने उनीहरुले दिने अभिव्यक्तिले सामाजिक मान्यतामाथि नै आक्रमण गर्ने खतरा समेत बढेको छ ।

सत्ता सहकार्य को सँग कसरी गरिन्छ भन्ने विषयले राजनीतिक बाटो तय हुने गरेका छन् । कुनैबेलाका सहयात्री दल र नेताहरु प्रतिपक्षी कित्तामा पुगेपछि सत्तोसराप गर्न पछि पर्दैनन् भने जस्तासुकै आरोप लगाइरहन्छन् ।

यहि छेकोमा अहिले सत्ता र प्रतिपक्षी दलबीचको घोचपेच थप बढेको छ । प्रतिपक्षी दलका नेता प्रचण्ड सरकारमाथिका आरोपमा केन्द्रित छन् । प्रचण्डले गिरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म जोड्दै आरोपित गर्न थालेका छन् । प्रचण्डले केपी ओली र शेरबहादुर देउवामाथि नै आरोपित गर्दै भ्रष्टाचारका फाइल खोल्ने भनिरहेका छन् । यस्तोमा सत्तारुढ दलका नेताहरुले पनि प्रचण्डमाथि अनेक लान्छना लगाइरहेका छन् । कांग्रेस नेताहरु पनि प्रचण्डविरुद्ध विस्तारै आरोपमा उत्रिन थालेका छन् ।

कांग्रेसले जस्तै एमाले नेताहरु पनि प्रचण्डमाथि समाजलाई नै अराजकतातर्फ लैजाने गरि काम नगर्न भनिरहेका छन् । एमाले मुख्य सचेतक महेश बर्तौलाले आगामी दिनमा पनि सहकार्य गर्न सकिने भन्दै प्रचण्डलाई अभिव्यक्तिमा ध्यान दिल अपिल गरे ।

एमाले कांग्रेस अहिलेको सत्ता गठबन्धनमा एकमत भने हुन सकेका छैनन् । तर, प्रचण्डले दुबै दलका शीर्ष नेताहरुमाथि आरोप लगाउदै छानविनको विषय उठाइरहेकाले उनीहरुले पनि यसमा ध्यान केन्द्रित गर्न थालेका छन् ।

अझं भ्रष्टाचारदेखि अनियमितताका विषयमा समेत नेताहरुले प्रचण्डलाई नै प्रश्न गर्ने गरेका छन् । यद्यपी प्रचण्ड भने सुशासन कायम गराउन नेतृत्वमा इमान्दारिता र पारदर्शीता हुनुपर्नेमा जोड दिन्छन् ।

राजनीति आरोप प्रत्यारोपमै चसलरहेको छ । नेताहरु एकअर्काप्रति आक्रामक पेश हुने गरेका छन् । तर, सत्ता सहकार्य भएको दिनदेखि नै यस्ता विषयहरु एकाएक बन्द गरिन्छन् । कुनैबेला कांग्रेस एमालेबीच पनि अनेक आरोप लगाउने काम चल्ने गरेको थियो । त्यसमा गिरिबन्धु प्रकरणमा ओलीलाई कांग्रेसले आरोपित गर्ने गरेको थियो । तर, अहिले गृहमन्त्रालयको जिम्मा कांग्रेसले पाएपनि उनीहरु प्रचण्ड जोडिएको भनिएको शेरा दरबारमा तात्तिएका छन् ।

About The Author

अन्य समाचारहरु: