Wed. Jan 8th, 2025

सरकारले रविलाई अप्ठ्यारो पार्ने गरी सहकारी सम्बन्धी अध्यादेश ल्याइयो : रास्वपा

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएको छ ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको सांसद गणेश कार्कीले जानकारी दिए ।

‘रास्वपा सभापति रवि लामिछानेलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ’, उनले भने ।

सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको उनले बताए ।

त्यस्तै, उनले सभापति लामिछानेमाथि राजनीतिक दलहरूबाट प्रतिशोध साँधिएको बारेमा पनि छलफल हुने बताइएको छ । जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने बारेमा पनि छलफल हुने उनको भनाई छ ।

About The Author

अन्य समाचारहरु: