धादिङ-पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडमा हाइस दुर्घटना हुँदा १६ जना घाईते भएका छन्।
शुक्रबार दिउँसो काठमाडौंबाट चितवन नारायणगठ जाँदै गरेको बा २ ख २८२९ नम्बरको हाइस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए।
घाइते हुनेहरूमा नन्दबहादुर मगर, भिमा भट्टराई, सिता सेञ्चुरी, मौसम पौडेल, बिन्दु गुरुङ, श्रीकृष्ण श्रेष्ठ, राम जानकारी पाण्डे, सुवास घिमिरे रहेका छन्।
त्यस्तै, सञ्जय तामाङ, उषादेवी पौडेल, राम कुमार रिजाल, मधुमाया मगर, सञ्जय बाठा मगर, गोपाल रावत, चन्द्र माया लामा र सुरेन्द्र थापा रहेका छन् । घाइतेहरूको गल्छीस्थित अम्बे भरोसा अस्पतालमा उपचार भइरहेको छ ।