प्राक्टिकल एक्सनले स्थानिय साझेदार गै.स.स. मार्फत गोरखा, धादिङ्ग, रसुवा, नुवाकोट र मकवानपुर जिल्लामा चिम्नीहुड चुलोको दीगो बजार स्थापनाका लागि ४ वर्षे परिणाममुखी लगानी परियोजना विगत ६ महिना देखि संचालन गर्दै आइरहेको छ । न्क्ष्श् भ्लम्भख को आर्थिक सहयोगमा सञ्चालित यस परियाजनाले परियोजना अवधिभरिमा कम्तिमा १०,००० चिम्नीहुड चुलो र २०,००० स्वच्छ चुलोको वितरण र जडानका लागि परिणाममुखी लगानी प्रोत्साहन सहयोग गरि नेपालमा चिम्नीहुड चुलो र स्वच्छ चुलोको दिगो बजार स्थापना गर्ने लक्ष्य राखेको छ ।
उक्त परियोजनाका लागि छानिएका स्वच्छ चुलोहरुको वितरण र जडानका लागि लगानी गर्न सक्ने र परियोजना जिल्लाहरुमा व्यापारको राम्रो नेटवर्क भएका इच्छुक कम्पनी अथवा सहकारी संस्थाहरुबाट डिलरसिपको लागि प्रश्तावना आवहन गरिएको छ । छनौटमा परेका संस्थालाई परियोजनाबाट परिणाममुखी लगानी प्रोत्साहन सहयोग र क्षमता अभिवृद्धिका विभिन्न सहयोग प्याकेज उपलब्ध हुनेछ ।
पस्ताव २०७२ भाद्र २५ गते भित्र परियोजनका साझेदार गै.स.स. मध्ये कुनै एक वा प्राक्टिकल एक्सनमा आइपुगिसक्नुपर्ने छ । परियोजनाको विस्तृत जानकारी साथै प्रश्तावना फर्मका लागि र उक्त फर्म भर्न सहयोगको लागि तल दिएका संस्थाहरुमध्ये कुनै एकमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
प्राक्टिकल एक्शन
पानीपोखरी, माहाराजगञ्ज
काठमाडौ
फोन नं ०१४४२३६३९
गोरेटो गोरखा
हरमटारी, गोरखा न.पा.
गोरखा
फोन नं ०६४४२०४४५
फोकस नेपाल
निलकण्ठ न.पा.–३
धादिङ्गबेसी, धादिङ्ग जिल्ला
फोन नं ०१०५२०५१९,
मो. ९८५११४६८४९
घरभित्रको धुवाँ निवारण तथा वातावरण संरक्षण मञ्च नेपाल
धुन्चे, रसुवा
फोन नं ९८५११७२४३१
एम.आर.सी. नेपाल
विरेन्द्रपथ, हेटौडा ६
मकवानपुर
फोन नं. ०५७५२६६५१