Wed. Feb 5th, 2025

एनपीएल : पोखरालाई ८७ रनले हराउँदै चितवनको दोस्रो जीत

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।

चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३र३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २र२ विकेट लिए ।

प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो । चितवनले पहिलो खेलमा हिजो काठमाण्डौ गुर्खाजलाई हराएको थियो । पोखराले भने हारसहित प्रतियोगिताको शुरुआत गरेको छ ।

About The Author

अन्य समाचारहरु: