Mon. Jan 27th, 2025

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक

काठमाडौं– नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । सन् २०२४ नोभेम्बरसम्म १० लाख ५५ हजार पर्यटक नेपाल भ्रमणमा आएका पर्यटन बोर्डले जनाएको छ।

पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

‘पछिल्लो ११ महिनाको तथ्यांकबाट पर्यटन उद्योगले केही आशा गर्ने ठाउँ देखाएको छ,’ पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले भने, ‘अब बिस्तारै पर्यटनले गति लिने विश्वास छ ।’

बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए ।

२०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५।४ प्रतिशतले बढेका छन् ।

२०२४ जनवरीमा ७९ हजार १ सय, फेब्रुअरी ९७ हजार ४ सय २६, मार्च १ लाख २८ हजार १ सय ६७, अप्रिल १ लाख ११ हजार ३ सय ७६, मे ९० हजार २ सय ११, जुन ७६ हजार ७ सय ३६, जुलाई ६४ हजार ५ सय ९९, अगस्ट ७२ हजार ७ सय १९, सेप्टेम्बर ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: