धादिङ-धादिङको नीलकण्ठ नगरपालिका–८ अमरावतीमा सौराज ट्रक र स्कुटर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा ख २७५९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रल्हाद सिलवालका अनुसार दुर्घटनामा परि घाइते घाइते हुनुभएकी नीलकण्ठ नगरपालिका–९ बस्ने करिव २२ वर्षिया गायत्री लम्सालको अवस्था गम्भिर छ ।
नीलकण्ठ–३ बस्ने ३४ वर्षिय हरि खनालको टाउकोमा चोट र चितवन माडी–९ का कृष्ण प्रजाको टाउकोमा चोट तथा दाहिने खुट्टामा चोट लागेको छ । धादिङ अस्पतालमा उपचारपछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि एक जना डाक्टरसहित काठमाडौ पठाइएको छ । सौराज चालक चन्द्रमान शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।