Wed. Feb 5th, 2025

लेक लागेर बिरामी परेका डिभिजन बन प्रमुख सहितको टोलीको हेलिकप्टरद्धारा उद्धार

धादिङ-डिभिजन वन प्रमुख सहितको टोलीलाई गणेश हिमाल बेस क्याम्पबाट उद्धार गरेका छन् । लेक लागेर विरामी परेपछि धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेका टालीको बिहिबार नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरेका हुन् ।


धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार ‘-लेक (हाइ अल्टिच्युट) र चिसोका कारण बिरामी परेर सोमबार रातीदेखि फसिरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना र पत्रकार आकाश लम्साललाई उद्धार गरी रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ हुँदै काठमाडौं लगिएका छ ।’

खराब मौसमाका कारण बुधबार दिनभर उद्धारको प्रयास भएपनि हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो ।हाइ अल्टिच्युट र चिसोका कारण लेक लागेर टोलीहरु ३ दिनदेखि स्वास्थ्य समस्यामा परेका थिए।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अर्याल भन्छन्–‘हिन्दुङ आइपुगेका उनीहरु अहिले आराम गरेपछि नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।’

उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

२७ जना मध्ये ११ जना बुधबार नै फोन लाग्ने ठाउमा पुगेपछि फोन गरेर उद्धार गर्न आग्रह गरिएको संचारकर्मी मिलन तिमिल्सिनाले बताए । १३ जनाको टोली हिडेर हिन्दुङतर्फ आउदै गरेका छन् ।

पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली कात्तिक २२ गते १० दिनका लागि रुवीभ्यालीको यात्रामा निस्केका थिए ।

About The Author

अन्य समाचारहरु: