Thu. Oct 31st, 2024

प्रधानमन्त्री फुटबल हेर्न जाने भएपछि रङ्गशालामा कडाई

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा लैजान नपाउने सामानहरुको सूची सार्वजनिक गरेको छ ।

आज साँझ साढे ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुन लागेको खेललाई सुरक्षित र शान्तिपूर्ण बनाउन एन्फाले विभिन्न सामान निषेध गरेको हो । बन्दुक, छुरा तथा अन्य कुनै किसिमको हातहतियार लैजान नपाइने एन्फाले जनाएको छ ।

त्यसैगरी चुरोट, सलाई, लाइटर, मादक वा नशालु पदार्थ, ठूला झोला, हेल्मेट, ब्यानर, झण्डा र पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थको बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइयो लैजान प्रतिबन्ध लगाइएको छ ।

एन्फाले दर्शकलाई शान्तिपूर्ण रुपमा खेल हेर्न पनि आग्रह गरेको छ । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाली महिला फुटबल टिम बंगलादेशसँग खेल्दैछ । सेमिफाइनलमा नेपाल भारतलाई र बंगलादेश भुटानलाई हराएर फाइनलमा पुगेको हो ।

आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशाला जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थक सडकमा ओर्लिएको अवस्था र युवाहरु सरकारसँग आक्रोशित रहेकाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुनसक्ने सुरक्षा निकायको विश्लेषणका आधारमा यस्तो कडाई गर्न लागिएको हो ।

About The Author

अन्य समाचारहरु: