Sat. Oct 26th, 2024

नयाँ इजरायली निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग

इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।

टायरको विपद् व्यवस्थापन एकाइका प्रमुख मोर्ताडा महन्नाले यहाँको अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताएका छन् ।

व्यवस्थापन एकाइका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएको बताउनुभएको छ । उहाँका अनुसार हाल सम्पूर्ण टायर सहर खाली भएको छ ।

कयौँ पिडाहरूको सामना गरी बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ ।

About The Author

अन्य समाचारहरु: