Sat. Oct 26th, 2024

पाकिस्तानमा फेरि फैलियो पोलियो, १० लाख बालबालिका खोपबाट वञ्चित

पाकिस्तानमा फेरि पोलियो फैलिएको छ । गएको महिना सञ्चालन भएको खोप अभियानमा त्यहाँ १० लाख बालबालिका छुटेका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले अक्टोबरमा मात्र १५ जना नयाँ पोलियोका बिरामी भेटिएका बताएका छन् । योसँगै यो वर्ष पोलियो सङ्क्रमणका बिरामीको सङ्ख्या ३९ जना पुगेका खबरमा उल्लेख छ ।

विश्वको सबैभन्दा जटिल रोगहरूमध्येको एक पोलियो उन्मूलनका लागि पाकिस्तानले धेरै चुनौतीको सामना गरिरहेको छ । गएको ६ वर्षदेखि दक्षिण एशियाली देश पोलियो भाइरस उन्मूलनका लागि प्रयासरत रहँदा पाकिस्तानमा नयाँ सङ्क्रमित बढ्नु चुनौतीको रूपमा हेरिएको छ ।

पाकिस्तानका अधिकारीहरूले ठूलो सङ्ख्यामा बालबालिका खोपबाट बञ्चित हुनुलाई पोलियोका सङ्क्रमित बढ्नुको मुख्य कारण भएको बताएका छन् । मुख्यतया दूषित पानी वा खानाबाट फैलिने पोलियो एक सङ्क्रामक रोग हो जसले मुख्यतया पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।

About The Author

अन्य समाचारहरु: