Sat. Oct 26th, 2024

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्ला

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको स्रोतले बतायो ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको प्रहरीले जनाएको छ । काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ ।

About The Author

अन्य समाचारहरु: