Mon. Dec 30th, 2024

झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालन

काठमाण्डौ – नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएको छ । झ्याप्ले खोलामा केहीबेर अघिदेखि सडक दुईतर्फी सञ्चालनमा आएको र चितवनसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएको थियो । पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

About The Author

अन्य समाचारहरु: