Mon. Nov 25th, 2024

सुकिला नोटको वितरण आजदेखि, सटहीमा देखिएन उत्साह

काठमाडौँ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।

कका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए ।

‘सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,’ प्रवक्ता पौडेलले भने, ‘बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।’

तर, नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने भएपछि नोट सटहीमा उत्साह देखिएको छैन ।

About The Author

अन्य समाचारहरु: