Mon. Mar 10th, 2025

बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडक एकतर्फी खुल्यो, जोखिम भने उच्च

धादिङ । धादिङबेसी मलेखु सडक एकतर्फी खुलेको छ । ठाउँठाउँमा झरेको पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु खण्ड साँझदेखि सबै ठाउँमा एकतर्फी खुलाइएको हो ।

१७ किलोमिटर दुरीको मलेखु धादिङबेसी सडकमा ६ स्थानमा पहिरो थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ । हालको लागि एकतर्फी बाटो खुलाइएपछि जोखिम भने घटेको छैन ।

नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम छ । सिद्दलेकको बुङ्चुङ हाइड्रोपावर र मावीखोलाको पहिरो अझ बढी जोखिम छ ।

About The Author

अन्य समाचारहरु: