Mon. Mar 10th, 2025

भलबाढी र पहिरोले धादिङमा बालिकासहित तीन जना बेपत्ता


धादिङ । गजुरी गाउँपालिका-२ गुम्बाडाँडा भन्ने ठाउँमा दुई जना पहिरोले पुरिएका छन् । गुम्बाडाँडाको पहिरोमा परी बेनिघाटरोराङ गाउँपालिका-६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तोष चेपाङ बेपत्ता भएका हुन् ।

खोलामा माछा मारेर ओढारमा बस्ने क्रममा ओढार माथिबाट आएको पहिरोले दुबैजनालाई पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

त्यस्तै गजुरी गाउँपालिका-८ घट्टेखोलाले ६ वर्षिय बालिका बेपत्ता पारेको छ । मोटरसाइकलमा यात्रा गरिरहेको बेला गजुरी गाउँपालिका-८ दोभानखर्कका सलान तामाङकी छोरी युना तामाङलाई भलले बगाएको हो ।

बालिकासंगै बगेका सलान भलबाट उत्रिएपनि छोरीलाई ठाडो खोलाको भलले बेपत्ता बनाएको प्रहरी निरिक्षक सिलवालले जानकारी दिए । निरन्तर पानी परिरहेकोले दुबै घटनाका बेपत्ता भएकाहरुको खोजी गर्न कठिनाई भएको उनले बताए ।

About The Author

अन्य समाचारहरु: