
धादिङ-त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुंगा सडक खण्ड लेदो माटोले दुईतर्फी अवरुद्ध बनेको छ ।
धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्ग नजिक सडक माथीबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्घ बनेको हो । निरन्तरको वर्षातसंगैको लेदोले सडक अवरुद्घ हुँदा सवारीको जाम लागेको छ ।
काठमाडौबाट पुर्व पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बस सहित साना ठुला सबै सवारी सडकमै रोकिएका छन् । राजमार्गमा ठुलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन कठिन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाई भइरहेको छ।