धादिङ-नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ । नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले कार्यक्रमको उद्घाटन गर्दै पार्टीलाई राम्रोसंग अघि बढाउन आर्थिक गतिविधि र पारदशिर्षता राम्रो हुनु पर्नेभएकोले यस किसिमको प्रशिक्षण चाहिएको बताए ।जिल्ला लेखा कमिटि अध्यक्ष डिल्ली पाठकzको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन समारोहमा नेकपा एमालेका जिल्ला नेताहरुको सहभागिता रहेको छ । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिवल शिव अधिकारी, सदस्य मिनराज कँडेल, सदस्य बद्री भट्टराई लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम ररहेको नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले जानकारी दिए।
पार्टी जिवन, संगठन र आर्थिक क्रियाकलाप, पार्टीको हिसाब राख्ने खाताहरु, आर्थिक अनुसासन लगायतका विषयमा प्रशिक्षण संचालन गरिने आयोजकले जनाएको छ ।