Mon. Nov 25th, 2024

प्रिमियम लक्जरि ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

पायोनियर मोटो कर्प प्रालिले प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रूपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध छ ।

यसैसाता ह्यात रिजेन्सि काठमाडौंमा एक कार्यक्रमका बीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एशियाका रिजनल डिरेक्टर फेलिक्स हू, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रूपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीप कुमार शारडासहित अन्य सहभागीहरूको उपस्थिति थियो ।

कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरिएको थियो । पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियो ।

About The Author

अन्य समाचारहरु: