काठमाडौं – कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाश तामाङ्ग ‘काले’ लाई १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
राईले ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाशलाई भेटेर आज प्रकाशलाई भेटेर सहयोग गरेका हुन् । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्रतिवद्धता जनाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) का प्रकाशले नागरिकता लिएसँगै उनलाई सहयोग आउन थालेको छ । उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो ।
यसअघि भोजपुरका सांसद सुदन किराँतीले पनि माओवादीको तर्फबाट श्रमदान गरेर एउटा घर, एउटा शौचालय, केही लत्ता-कपडा र ६ महिना खाने (गाँस, बास र कपास ) मा सहयो गर्ने घोषणा गरेका थिए ।