Mon. Mar 10th, 2025

आईसिडिसीद्धारा संचालित स्थानीय अधिकार कार्यक्रमको सामाजिक लेखापरीक्षण

धादिङ । एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी) नेपालले संचालन गर्दै आएको स्थानीय अधिकार कार्यक्रमको सामाजिक लेखापरीक्षण गरेकोे छ । आर्थिक वर्ष २०८०/०८१ मा भएका गतिविधिहरुको सामाजिक लेखापरीक्षण गराएको हो ।

आईसिडिसी नेपालले एक्सनएड्को सहयोगमा स्थानीय अधिकार कार्यक्रम मार्फत धादिङको थाक्रे गाउँपालिकामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम एलआरपी मार्फत थाक्रे गाउँपालिकामा गुणस्तरीय शिक्षा, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण र लैंगिक तथा सामाजिक विभेद विरुद्ध विभिन्न कृयाकलापहरु संचालन गरिरहेको छ ।

वार्षिक समिक्षा एवं सामाजिक लेखापरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थाक्रे गाउँपालिकका अध्यक्ष रामकुमार आचार्यले एकिकृत सामुदायिक विकास अभियानले प्रस्ताव गरेका कार्यक्रमहरु प्रभावकारी बनाउन गाउँपालिकाका विषयगत शाखाहरुसंग छलफल गरी सहकार्य माध्यमबाट अगाडी बढ्ने सुझाव दिए । उनले भने–‘संघ संस्थाको कार्यक्रम र वजेट पनि सरकारकै कार्यक्रम हो । सहाकार्यबाट मात्रै विकास सम्भव छ, जनतामा रहेको निराशालाई हामी सबै मिलेर चिर्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले संघ संस्थाहरुले काम गर्दा सरकारसंग सहकार्य गरी कुनै क्षेत्र वा समुदायलाई नमुना बनाउन सुझाव दिए ।

कार्यक्रममा थाक्रे गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष श्यामसुन्दर थापाले विशेषतः पर्यावरणीय कृषिको क्षेत्रमा संस्थाले गरीरहेका कामको प्रशंसा गर्दै अन्य संघ संस्थाहरु भन्दा फरक रहेको, लामो समय काम गर्ने र देखिने कामको शुरुवात भएको बताए । ‘समुदायका महिला दिदीबहिनीहरु, बालबालिका, शिक्षक लगायत कार्यक्रमका क्रियाकलापबाट खुसी हुनुभएको छ । विपन्न समुदायका मानिसहरुलाई जीविकोपार्जनको माध्यमबाट आत्मनिर्भर बनाउने काम संस्था र परियोजनाको काम असाध्यै राम्रो छ’, उनले भने ।

त्यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष विजय तामाङले वडाको अप्ठ्यारो कामहरुमा सारथी बनेर विद्यालय मर्मत, छात्रावृत्ति, जीविकोपार्जन लगायतका काममा महत्वपूर्ण योगदान गरेको भन्दै संस्थाको प्रशंसा गरे ।

एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी) नेपाल २०५४ सालमा स्थापना भएको हो । स्थापना भएदेखि विभिन्न साझेदार संस्थाहरुसंग साझेदार गरी समुदाय परिचालन, खानेपानी तथा सरसफाई स्वास्थ्य, शिक्षा, कृषि, उद्यम विकास, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, मनोसामाजिक तथा मानसिक स्वास्थ्य, मानवीय सहायता र अधिकार प्रर्वद्धनका क्षेत्रमा क्रियाशील रही स्थानीय संयन्त्रहरुलाई अझ बलियो बनाउदै सार्वजनिक सेवाहरुको गुणस्तरीयतामा सहयोग पु¥याउँदै आईरहेको छ ।

स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक रमेश अधिकारीले आर्थिक वष २०८०/०८१ को योजना र भएका उपलब्धिहरु प्रस्तुत गरेका थिए । संस्थाको वार्षिक समिक्षा एवं सामाजिक लेखापरीक्षण कार्यक्रममा विभिन्न समुह, बालक्लब, युवा संजाल, शिक्षक लगायत अन्य सरोकारवालाहरु सहभागी रहेको कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: