Tue. Mar 11th, 2025

पहिरोले कर्णाली राजमार्ग फेरी अवरुद्ध

कालीकोट – कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड अन्तरर्गत कालीकोट खण्डमा सडक अवरुद्ध भएको छ । हिजो राति भएको वर्षाको कारण राजमार्ग अवरुद्ध भएको हो ।

कर्णाली राजमार्गको गगने खोला, जितेगडा, एसमोड र दहीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अर्जुन केसीले बताए ।

वर्षाका कारण कालीकोटमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि कहाँ कसरी विद्युत बिग्रीएको हो भन्ने कुरा थाहा हुन सकेको छैन ।

About The Author

अन्य समाचारहरु: