धादिङ– धादिङको सदरमुकाममा रहेको धादिङ अस्पतालमा पहिलो पटक मेमोग्राम सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले मंगलबार एक कार्यक्रमकाबीच मेमोग्राम सेवाको सुरु गरेको हो ।
मेमिग्राम सेवा सुभारम्भ कार्यक्रमलाई गर्दै मन्त्री थापा मगरले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको सुधारको लागि सूक्ष्म अध्ययन गरिरहेको बताएका छन् । प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरि सेवामा सुधार ल्याउने जिकिर गरेका छन् ।
सेवा सुरु भएसङ्गै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परिक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौं लाख ६१ हजार मूल्य बराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण हो ।
‘स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ’, अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भने- ‘रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर स्तनको चित्र लिन सकिन्छ ।’
स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन् ।
मन्त्री थापा मगरले धादिङ अस्पतालसहित आयुर्वेदिक चिकित्सालयको पनि अवलोकन गरेको । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सय भन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।