Tue. Nov 26th, 2024

सबै पार्टी सदस्यलाई प्रशिक्षण दिने एमाले धादिङको तयारी

धादिङ । नेकपा एमाले धादिङले जिल्लाका संगठित सदस्य सबैलाई प्रशिक्षण दिने तयारी गरेको छ ।

नेकपा एमाले धादिङले पाँच दिनसम्म संचालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमपछि सबै सदस्यहरुलाई प्रशिक्षण दिने कार्ययोजना तयार गरेको हो । २०८१ साल चैतसम्म सबै गाउँगाउँमा रहेका संगठित सदस्यहरुलाई प्रशिक्षित गर्दै पार्टी सुदृढीकरण अभियान चलाइने नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् ।

एमालेले आइतबार सम्पन्न गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पालिका कमिटिका अध्यक्ष, प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि सदस्यहरु समेत गरि २८ जना सहभागी थिए । ‘अब उनीहरुले हरेक सदस्यलाई १८ घण्टाको प्रशिक्षण संचालन गर्नेछन्’, सापकोटाले भनिन्।

मार्कसबादको सामान्य ज्ञान, नेकपा एमालेको महाधिवेशनको कार्यदिसा, जनताको बहुदलिय जनवाद, संगठनमा आवद्धा, एमाले र अन्य राजनितिक दल विश्लेषण, आदी विषयमा प्रशिक्षण दिइने छ ।१ सय ४ वडामा १ सय ९० समूहमा प्रशिक्षण संचालन हुने योजना बनाइएको छ ।

५ दिनसम्म संचालन भएको प्रशिक्षक कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले जनताको पक्षमा बोलन र जनतालाई जागरुक बनाउन पार्टी सदस्यहरुलाई १८ घण्टाको प्रशिक्षण दिने कार्यक्रम महत्वपूर्ण भएकोले जिम्मेवारी पूर्वक काम गर्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जनताले नेकपाएले नै सही पार्टी भएको बताउन सक्ने र चुनावमा एमाले रोज्न सक्ने बनाउन एमालेले प्रशिक्षणको संचालन गरेको बताए ।
एमाले पालिका कमिटि अध्यक्ष, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्यहरु गरि २८ जनाले १० पार्टी सदस्यलाई प्रशिक्षण गर्ने समेतको कार्ययोजना समेत जिल्ला पार्टी स्कूल विभागले जनाएको छ ।


प्रशिक्षण कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्यहरु खेम लोहनी, पेमा लामा, कपिल पोखरेल, केन्द्रीय पार्टी स्कूल विभाग सचिव घनश्याम कोइराला, केन्द्रीय पार्टी स्कूल विभागका वाइपि आचार्य, सुन्दर लामीछाने, बागमति प्रदेश पार्टी स्कूल विभाग प्रमुख बालकृष्ण देउजाले सहजीकरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: